नेपालको सम

Wednesday, January 17, 2007

>>यौनव्यवसायी महिलामा परिवर्तन आयो

मध्यपुर थिमि- यौन व्यवसायी महिला अहिले आफ्नो स्वास्थ्यप्रति सजग हुँदै एकातिर आˆनो यौनसाथी घटाउन थालेका छन् भने अर्कातिर भविष्यका लागि आम्दानीको केही प्रतिशत बचतसमेत गर्न थालेका छन् ।भक्तपुर जिल्लामा विगत चार वर्षदेखि यौनव्यवसायी महिला निकट रहेर काम गर्दै आएको कम्युनिटी एक्सन सेन्टर (सिएसि) नेपालले गरेको अनुसन्धानको क्रममा यस्तो तथ्य फेला परेको हो । सिएसि नेपालका अध्यक्ष तुलसालता अमात्यले विगतमा दैनिक पाँच जनासँग यौन सम्पर्क राख्ने यौनव्यवसायी महिलाले अहिले दैनिक दुई जनासँग मात्र यौनव्यवसाय गर्ने गरेको अध्ययनको क्रममा भेटिएको बताउँदै उनीहरू अहिले रकम बचत गर्ने कार्यमा समेत सक्रिय देखिएको जानकारी दिनुभयो ।अध्ययनको क्रममा यौनव्यवसायी महिलाले सुरक्षित यौनसम्पर्कका लागि कण्डमको प्रयोगमा समेत जोड दिँदै कण्डम प्रयोग नगर्ने पुरुषसँग व्यवसाय नगर्ने गरेको पाइएको पनि बताइएको छ । सो संस्थाले रकम बचत गर्ने यौनव्यवसायी महिलालाई अर्को व्यवसाय सुरु गर्न प्रेरित गर्ने गरेको पनि बुझिएको छ । संस्थाको परामर्शमा यौनव्यवसायी महिला पेसा परिवर्तनका साथै आफ्नो स्वास्थ्य र उमेरप्रति समेत सचेत रहन थालेका छन् ।सो संस्थाले आगामी एक वर्षमा यौनकर्मी महिलाको व्यवहार परिवर्तन गर्ने र यौनरोगको उपचार एवम् त्यसबारे परामर्श दिने कार्यक्रम रहेको छ ।संस्थाले हालसम्म एक हजार १ सय यौनकर्मी महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।

No comments: