नेपालको सम

Tuesday, January 23, 2007

>>२८ बुँदे सहमतिपछि अनिश्चितकालीन चक्काजाम फिर्ता

काठमाडौ ९ माघ २०६३ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आइतबारदेखि सुरु गरेको देशव्यापी अनिश्चितकालीन सरकारसँग भएको वार्तामा २८ बुँदे सहमति कायम भएपछि आजबाट अन्त्य भएको छ।

सोमबार राति २ बजेसम्म भएको वार्तामा व्यवसायी र सरकारबीच २८ बुँदे सहमति भएको हो । सरकार यातायात व्यवसाय र मजदुर सुरक्षाको प्रत्याभूति तथा सवारी साधनको उचित क्षतिपुर्तिको व्यवस्था गर्ने, आतंकवाद शिर्षकमा विमा कम्पनीले लिदै आएको प्रीमियम नलिने व्यवस्था मिलाउलगायता विषयमा व्यवसायी र सरकारबीच सहमति कायम भएपछि व्यवसायीहरुले चक्काजाम फिर्ता लिएका हुन् । सहमति पत्रमा गृहमन्त्रालय, अर्थमन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालयका पदाधिकारी र महासंघका अध्यक्ष दिनेश भण्डारीले हस्ताक्षर गर्नुभएको छ। वार्तामा तत्काल पुरा गर्न सकिने माग तत्काल पुरा गरिने र अन्य मागका सम्बन्धमा आवश्यक नीति, ऐन तथा नियम बनाएर पूरा गर्ने सहमति भएको छ।

महासंघले लाहानमा १४ वटाभन्दा बढी सवारी साधनमा मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आगो लगाएपछि १० सूत्रीय माग अघि सार्दै देशव्यापी अनिश्चितकालीन चक्काजाम आव्हान गरेको थियो ।

No comments: