नेपालको सम

Sunday, January 7, 2007

>>अब हुने जनआन्दोलनले राजतन्त्रसँग त्यसका सहयोगलाई पनि बढार्ने

काठमाडौ २३ पुस २०६३
प्रमुख सत्तारुढ घटक नेकपा एमालेका नेता बामदेव गौतमले यही पुसभित्र अन्तरिम संविधान जारी नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।
पाल्पामा आज आयोजित सभामा बोल्दै गौतमले अन्तरिम संविधान जारी नहुनुको कारण प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहेको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्री कोइरालालाई एमालेले अब काँध हालेर हिड्न नसक्ने उल्लेख गर्दै उहाँले प्रतिगामीसँग घाँटी जोडेर हिड्नेलाई आफूहरुले साथ नदिने बताउनुभयो ।
उहाँले हालकै अवस्थामा एमालेले आफ्ना नेताहरुलाई मन्त्रिपरिषदमा राख्न नसक्ने समेत उल्लेख गर्नुभयो । अब हुने जनआन्दोलनले संवैधानिक राजतन्त्र भन्नेहरुलाई समेत राजतन्त्रसँगै समाप्त गर्ने गौतमले चेतावनी दिनुभयो ।
सभामा अनेरास्ववियुका अध्यक्ष ठाकुर गैरेले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको आरोप लगाउनुभयो । यता राजधानीमा एमाले महासचिव नेपालले भने एमाले सत्ताबाट हट्ने भन्ने गौतमको भनाइ पार्टीको धारणा नभएको बताउनुभएको छ।

No comments: