>>बर्दियामा शितलहरका कारण दुई जनाको मृत्यु
काठमाण्डौ जनवरी, ७
बर्दियामा विगत एक सातादेखिको शितलहरका कारण २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ठाकुरद्वारा गाविस-९ की ५८ वर्षिय लक्ष्मी सुनार, वडा नम्बर ३ चितकैयाकी नाम नखुलेकी १ दलित महिला छिन् । चिसोले मुक्त कमैया बस्ती बढी प्रभावित भएको छ । ती गाउँमा बालबलिका र वृद्धवृद्धा निमोनिया, रुघाखोकी, दमबाट ग्रस्त भएको मुक्त कमैया समाजले जनाएको छ। हिजोदेखि मौसममा केही सधार आए पनि चिसो हावा चलेका कारण जनजीवन अहिले पनि प्रभावित भएको छ ।
No comments:
Post a Comment