>> सद्दाम मृत्यु दण्डको विरोधमा प्रदर्शन
म्याग्दी । पुस १६ गते
इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई ०६३ पुस १५ गते दिईएको फाँसीको विरोधमा म्याग्दीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मुसलमा समुदायले प्रदशन गरेका छन् ।
उनीहरूले सद्दामलाई वीर सहिद र अमेरिकी राष्ट्रपतिलाई बांदरको संज्ञा दिंदै जर्ज डब्लु बुसको पुत्लालाई रुखमा झुण्डाएर आगो लगाएका थिए । सद्दामलाई मृत्यु दण्ड दिईएको घट्नालाई जिल्लाका विभिन्न पेशा र ब्यवसायमा संलग्न ब्यक्तिले पनि विरोध गरेका छन् ।
यसैगरी, कुनै पनि अपराधमा कसैलाई पनि मृत्यु दण्डको संजाय न्यायोचित नुहुने र संसारभरका सबै कानुनबाट मृत्युदण्डको संजाय हटाउनुपर्ने माग स्थानिय मानवअधिकारवादीले गरेका छन् ।
घनश्याम खड्का
No comments:
Post a Comment