>>आज राष्ट्रिय मेलमिलाप दिवस, मतभेद र विवाद बिर्सन कोइरालाको आव्हान
काठमाडौ १६ पुस २०६३ । आज ३१औ राष्ट्रिय मेलमिलाप दिवस नेपाली कांग्रेस, कांग्रेस प्रजातान्त्रिक र तिनका भातृ संगठनहरुले देशभर विविध कार्यक्रमका साथ मनाउँदैछन् ।
राष्ट्रिय एकता तथा मेलमिलाको नीति लिदै बीपी कोइराला र गणेशमान सिंह भारतको लामो निर्वासित जीवन त्यागेर २०३३ सालमा आजकै दिन स्वदेश फर्केको ऐतिहासिक घटनाको स्मरणमो यो दिवस मनाउँदै आइएको छ।
स्वर्गीय कोइरालाले देशमा छरिएर रहेका प्रजातन्त्रवादी शक्तिहरुलाई सुदृढ पार्नु भएको परिणम स्वरुप २०३६ सालमा जनमत संग्रहको घोषणा, २०४२ सालमा सत्याग्रह र २०४६ सालमा जनआन्दोलनजस्ता ऐतिहासिक घटनाहरुपछि प्रजातन्त्र पुनःस्थापना भएको हुँदा राष्ट्रिय मेलमिलाप नीति दूरदर्शी र राजनीतिक परिपक्वताको परिसूचक पनि मानिन्छ ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरुलाई मतभेद र विवाद बिर्सेर एकै ठाउँमा उभिन आग्रह गर्नुभएको छ।
सभापति कोइरालाले राष्ट्रको रक्षाका लागि जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने र त्यसका लागि राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा प्रधानमन्त्री कोइरालाले एक शुभकामना सन्देश दिदै हामीले आफ्ना मतभेद र विवाद छन् भने त्यसलाई बिर्सेर सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिले एक ठाउँमा उभिनुपर्छ भन्नुभएको छ।
No comments:
Post a Comment