नेपालको सम

Wednesday, December 20, 2006

दलितभित्रै ब्राम्हणवाद

दलित आयोगका पर्ूवअध्यक्षकी छोरी फिर्तादाङ, पुस ५/दलित समुदायले ब्राम्हणवादको जमेर विरोध गर्दै आए पनि; कम्युनिस्ट पार्टर्ीीले लामो समयदेखि जातपात र छुवाछूतप्रथाको विरोध गरे पनि सोही जाति र समूहमै ब्राम्हणवादले जमेर घर बनाएको तथ्य दाङमा र्सार्वजनिक भएको छ ।
राष्ट्रिय दलित आयोगका पर्ूवअध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टर्ीीएमाले) दाङका सदस्य भागवत विश्वासीकी छोरीले विपन्न परिवारका एकजना केटासँग प्रेमविवाह गरेपछि दलित जातिभित्र जरा गाडेको ब्राम्हणवाद प्रकट भएको हो । विश्वासीकी छोरी दीपा नेपालीले स्थानीय विपन्न परिवारका चन्द्रबहादुर नेपालीसँग प्रेमविवाह गरेपछि अहिले उनलाई माइती पक्षले बेपत्ता बनाएको छ ।
बिजौरी- ३ गुरुङटोल घर बताउने बुवा प्रेम नेपालीका अनुसार छोरा चन्द्रबहादुरले बिजौरी- ३ अक्कासीकी दीपा नेपालीलाई गत मङ्सिर २६ गते भगाएका थिए । प्रेमविवाह भइसकेपछि दुलाहा-दुलहीलाई मङ्सिर २८ गते घरमा भित्राइएको थियो । यही पुस ३ गते 'बोई -बज्यै) विरामी हुनुहुन्छ, तुरुन्त आउनू' भनी दीपालाई माइतमा बोलाइयो । दीपा माइतमा गएर बोई बिरामी नभएको चाल पाई पुनः घरमै फर्किन् । दीपा घर फर्केपछि उनकी आमाले गाउँघरका अन्य १०/१२ जना महिलासहित ढुङ्गामुढा र लठ्ठी लिएर चन्द्रबहादुरको घरमा पुगिन् र छोरीलाई फर्काएर हाल बेपत्ता हालतमा राखिएको छ ।
केटा चन्द्रबहादुरका बुवा प्रेम नेपालीले पत्रकारहरूसँग भन्नुभयो- "यसमा अरु केही कारण छैन हजुर ! उहाँहरू सम्पन्न हुनुहुन्छ, हामी गरीव छौँ । त्यही कारणले छोरी फिर्ता लग्नुभएको हो ।" प्रेम नेपालीले १७ वषर्ीय छोराले सिलाइकर्टाई कार्य गर्दै आएको र १५ वषर्ीया दीपाले माध्यमिक विद्यालय दूधरासमा नौ कक्षामा पढिरहेको जानकारी दिनुभयो ।स्िवससेका लागि दाङबाट ज्ञानमाला जीएम

No comments: