प्रतिनिधित्व नभए राप्रपाले आन्दोलन गर्ने
स्वतन्त्र समाचार सेवा काठमाडौँ, पुस ५/राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी स्थानीय निकायमा आफ्नो प्रतिनिधित्व नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । आठदलले स्थानीय निकायमा राप्रपाको प्रतिनिधित्व गराउने विषयलाई बेवास्ता गरेको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति शमशेर राणाले आठदलले अन्तरिम संविधानलाई अन्तिम रूप दिँदा संसदीय निर्वाचनमा १३ प्रतिशत मत ल्याएको राप्रपालाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
"सातदल र माओवादीको यस्तो क्रियाकलापले प्रतिनिधिसभाको अबमूल्यन भएको छ"- उहाँले भन्नुभयो । अध्यक्ष राणाले अन्तरिम संविधान समावेशी नभएकाले यो सबै नेपालीको र्सवसम्मत दस्तावेज हुन नसक्ने जिकीर गर्नुभयो ।
पत्रकार सम्मेलनमार्फ राप्रपाले सिन्धुपाल्चोक जिल्लाका उदय सापकोटा, बद्री चौलागार्इँ, विष्णुराज गिरी र गोपाल चन्द्र भण्डारीलाई माओवादीले गाउँनिकाला गरेको भन्दै आपत्ति जनाएको छ । राजनीतिक कार्यकर्तामाथि त्यस्ता क्रियाकलाप नगर्न पनि राप्रपाले माओवादीसँग आग्रह गरेको छ ।
No comments:
Post a Comment