राजमार्ग छेउमा बम विष्फोट
बारा । पुस ५ गते
बाराको पूर्व-पश्चिम राजमार्गको निजगढ-७ आनन्द भवननजिक रहेको फोहर फाल्ने ठाँउमा ०६३ पुस ५ गते साँझ साढे पाँच बजे प्रेसर कुकर बम विष्फोट भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर रामेश्वर यादवले दिएको जानकारी अनुसार उक्त विष्फोटबाट कुनै पनि क्षति नभएको र कसले कुन प्रयोजनको लागि उक्त बम सो स्थानमा राखेको र कसरी विस्फोट भएको हो खुल्न सकेको छैन र अनुसन्धान जारी रहेको छ ।
No comments:
Post a Comment