जनतान्त्रिक मोर्चाद्वारा सवारी साधनमा आगजनी
सिरहा । पुस ८ गते
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह समूह) का कार्यकर्ताहरुले राजमार्गमा पहाडी मूलका व्यक्तिका सवारी साधन नचलाउन गरिएको आहृवानको अवज्ञा गरिएको आरोपमा पुस ७ गते राती लहान नपा-७ स्थित आफ्नै कार्यालयमा राखिएको जनकपुर चूरोट कारखाना लिमिटेडको ना २ च नम्बरको टोयोटा जीपमा आगजनी गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार राती करीब ११ बजेको समयमा भएको आगजनीबाट गाडीको अगाडिको चक्का र अन्य केही ठाउँमा क्षति भएको छ ।
सिरहास्थित मोर्चाका जिल्ला संयोजक भामण्डलले टेलिफोन मार्फ उक्त आगजनी आफ्नो संगठनका कार्यकर्ताले गरेको स्वीकार गर्दै कसैलाई क्षति पुरयाउने आफ्नो संगठनको उद्देश्य नरहेको बताए ।
देवराज पोखरेल
No comments:
Post a Comment