कोइरालालाई राजा छोड्न आग्रह
स्वससेकाठमाडौँ, पुस ८/नेकपा एमालेका नेता प्रदिप नेपालले काङ्गे्रस कार्यकर्ताहरू राजा फाल्ने पक्षमा रहे पनि पार्टर्ीीभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजा बचाउनेतर्फ लागिपरेको आरोप लगाउनुभएको छ । उहाँले कोइरालालाई राजा बोक्न छोडी जनताको मतमा अघि बढ्न पनि आग्रह गर्नुभयो ।
नेकपा एमाले बाजुरा-काठमाडौं सर्म्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको दयालबहादुर शाहीद्वारा लिखित 'लोकतान्त्रिक शक्ति र सहकार्यको संस्कृति' नामक पुस्तकको विमोचन गर्दै नेता नेपालले राजा बोक्न नछोडे जनताले काङ्ग्रेसलाई नाङ्गो पार्ने पनि बताउनुभयो ।
नेता नेपालले माओवादीका हालैका गतिविधिले राजनीतिलाई भन्दा बन्दुकलाई विश्वास गर्न नछोडेको देखिएको बताउनुभयो ।
पुस्तकको बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका महासचिव कुन्दन अर्याल, साहित्यकार गरिमा शाहले टिप्पणी गर्नुभएको थियो ।
पुस्तकमा लेखकले समसामयिक राजनीतिमा नागरिक समाज र नागरिक समाजका अगुवाहरूको भूमिका र मदन भण्डारी, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको बारेमा तुलनात्मक अध्ययन पुस्तकमा समेटिएको छ ।
No comments:
Post a Comment