राजा ज्ञानेन्द्र हेटौंडा आउन लागेको विरुद्धमा विद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन
मकवानपुर । पुस ८ गते
राजा ज्ञानेन्द्र हेटौडा आउन लागेको विरुद्धमा जिल्ला सदरमुकाम हेटौंडाका विद्यार्थीहरुले ०६३ पुस ७ गते बेलुका मसाल जुलुस निकालेर विरोध जनाएका छन् ।
एमाले निकट रहेको अनेरास्ववियुका कार्यकर्ताले ज्ञानेन्द्र हेटौंडा आए प्रतिकार गर्ने धम्की दिदैं हेटौडा बजारमा मसाल जुलुस प्रदर्शन गरेका छन् । अन्य विद्यार्थी संगठनले पनि राजा हेटांैडा आएमा प्रतिकार गर्ने चेतावनी दिइसकेका छन् ।
विद्यार्थी संगठनका माउपार्टीका नेताहरुले पनि राजालाई दरबारबाट बाहिर आउन नदिन सरकार र केन्द्रीय नेताहरुसंग आग्रह गरेका छन् । जिल्ला सुरक्षा समितिको पुस ७ गते बसेको बैठकले राजाको सुरक्षा गर्न कठिनाई हुने र जिल्लाको शान्ति सुरक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले राजालाई हेटौंडा नआउन लागि आआफ्नो केन्द्रीय तहमा जानकारी दिने निर्यण गरेको छ ।
औपचारिक रुपमा स्थानीय प्रशासनलाई केही पनि जानकारी नआएपनि पुस १० गते राजा ज्ञानेन्द्र हेटौडा आउने पक्कापक्की भएको सुरक्षास्रोतले जनाएको छ । मध्यपृतनालाई भने राजा आउने जानकारी आएको स्रोतले जनाएको छ ।
क्षेत्रीय प्रशासक शंकरप्रसाद पाण्डेलाई पनि राजा आउने कुराको जानकारी नभएको बताए । ज्ञानेन्द्र पुसमा हेटौडामा आएर बस्नका लागि हेटौंडा नगरपालिका-१० स्थित कान्तिईश्वरी दरबारको केही दिनदेखि रगरोगन र मर्मत सम्भार कार्य भइरहेको छ । दरबारकै कर्मचारीको खटनपटनमा शाही सैनिकका जवानहरुले मर्मत-सम्भार कार्यहरु गरिरहेका छन् ।
नेपाल राष्ट्रवादको पहलमा पुस १० गते बेलुका हेटौंडास्थित चौकीटोलमा राजावादीहरुको भेला गरिएको छ । भेलाले राजालाई सक्रिय बनाउने र राजाका पक्षमा र्याली गर्ने निर्णय गरेका छन् । राष्ट्रवादका केन्द्रीय अध्यक्ष नवराज ढकालको अध्यक्षतामा बसेको बैठकले र्याली गर्दा राजा विरोधीहरुले आक्रमण गरेमा प्रतिकारसमेत गर्ने निर्णय गरेको एक सहभागीले बताए । घाउचोट लागेमा औषधी उपचार गर्न २ लाख रुपैयाँसम्म दिने प्रलोभन देखाएको बताइएको छ ।
प्रताप विष्ट
Sunday, December 24, 2006
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment