नेपालको सम

Saturday, December 23, 2006

चोरी गरेर भाग्दा पुलबाट खसी मृत्यु

(Update : 23 Dec 2006)
राजेन्द्र अधिकारी, लेखनाथ -कास्की
लेखनाथ नगरपालिका वडा नं.३ सक्नेरी भन्ने ठाउँमा चोरी गरेर भाग्दै गर्दा पुलबाट खसी एक चोरको घटनास्थलमै शुक्रबार राती ७ बजे मृत्यु भएको छ ।
५/६ जनाको समूहमा आएका चोरहरुले स्थानीय रणबहादुर गुरुङको घरमा हातहतियार सहित प्रवेश गरी सुनका गहना लुटेर लगेका थिए । साथै घरधनी रणबहादुर गुरुङलाई खुकुरी प्रहार समेत गरेका थिए । उनको तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचारका लागि भर्ना गरिएको छ ।
पेस्तोल सहित आएका डाँकाहरुले एक हवाई फायर गरी त्यहाँबाट ४ तोला सुन र मुवा करिब एकलाख बराबरको गरगहना लुटे पछि भाग्ने क्रममा विजयपुर खोलाको डहरेको पुलबाट खस्न पुग्दा घटनास्थलमै एकजनाको मृत्यु भएको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुने व्यक्तीको पहिचान हुन नसकेपनि साथबाट चोरीका सबै गरगहनाहरु फेला

No comments: