नेपालको सम

Saturday, December 23, 2006

नियुक्ति र सिफारिसका विषयमा दर्ुइ दलबीच छलफल

काठमाडौँ, पुस ७/नेकपा एमाले र माओवादी नेतृत्वबीच शुक्रबार छलफल भएको छ । सरकारले चौध देशमा गरेको राजदूत नियुक्तिको सिफारिस तथा राष्ट्रिय मानवअधिकार आयोगमा पदाधिकारी नियुक्तिपछि सिर्जना भएको राजनीतिक बहस उत्कर्षा पुगेकै बेला दर्ुइ जिम्मेवार दलको नेतृत्वबीच छलफल भएको हो ।
भेटवार्तामा नेकपा एमालेको बिहीबार बसेको स्थायी कमिटी बैठकले निकालेको निष्कर्षा बारेमा माओवादीलाई जानकारी गराइएको र त्यसैका बारेमा छलफल भएको एमालेका कार्यवाहक महासचिव अमृतकुमार बोहराले जानकारी दिनुभयो । एमाले बैठकले सिफारिस तथा नियुक्तिको निर्ण्र्ााफिर्त्ाा लिन सरकारसँग आग्रह गरेको थियो ।
सरकारी निर्ण्र्ााो विरोधमा माओवादीले तय गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिन पनि एमालेले माओवादीलाई आग्रह गरेको छ । यसरी विरोध गर्दा सहमति बिथोलिन सक्नेतर्फपनि माओवादीलाई र्सतर्क गराइएको बोहराले जानकारी दिनुभयो । "जिल्लास्तरमा माओवादी कार्यकर्ताहरूबाट भएका झडप तथा कुटपिटहरू रोक्न पनि आग्रह गर्‍यौँ"- उहाँले भन्नुभयो ।
छलफलमा उठेका विषयप्रति आफूहरू गम्भीर भएको माओवादी अध्यक्ष प्रचण्डले भन्नुभएको जानकारी बोहराले दिनुभयो । छलफलमा माओवादीका तर्फाट वरिष्ठ नेता डा. बाबुराम तथा तथा एमालेका तर्फाट झलनाथ खनाललगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

No comments: