नेपालको सम

Wednesday, December 27, 2006

>>विद्यार्थीबीच भएको भडपछि बिर्तामोड बजार तनाव ग्रस्त

झापा । पुस १२ गते

नेवि संघका विद्यार्थीले अनारमनी गाविसस्थित महेन्द्ररत्न उमाविमा ०६३ पुस ११ गते जबर्जस्ती प्रवेश गरी प्राध्यानाधापकको कुर्सीलाई सो उमाविका विद्यार्थी माथि कुटपिट गरी दुईजनालाई घाइते बनाएको विरोधमा पुस १२ बिर्तामोड बजार बन्द भएको छ ।
मेहन्द्ररत्न उमाविका विद्यार्थी र हुल्याहा युवाहरूको समूहले बजारमा टायर बालेर ढुंगामुडा गर्दै बजार क्षेत्र तनावग्रस्त बनाएपछि बजार बन्द भएको हो । स्थिती साम्य पार्न गएका इन्सेक जिल्ला प्रतिनिधि अर्जुन बस्नेत, सञ्चारकर्मी मिनप्रकाश उप्रेती, नेपाली कांग्रेसका भिष्म विमलीलाई विद्यार्थीको समूहले कुटपिटसमेत गरेको छ । विमलिको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आक्रोशित समूहले आक्रमण गर्दा ५ जना प्रहरी घाइते भएका छन् । प्रहरीको गाडी पनि तोडिएको छ ।
अर्जुन बस्नेत

No comments: