>> तेजाब खन्याउँदा घाइते
मोरङ । पुस १२ गते
रंगली गाविस-७ का सञ्जुर मुर्मुरलाई ०६३ पुस ११ गते सोही ठाँउका कृतानन्द यादवले तेजाब खन्याएर घाइते बनाएका छन् ।
पीडितको रंगेलीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडक भने फरार भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । तेजाबले डढेर पीडितको अनुहार, आँखा र ढाडमा गम्भीर चोट लागेको सो अस्पतालले जनाएको छ । पीडितका तर्फबाट छोरा मनोजले सो प्रहरी कार्यालयमा पीडकविरुद्ध ०६३ पुस ११ गते नै उजुरी दिएका छन् ।
पीडितलाई धान दाउनी गर्न बोलाइ पीडकले तेजाब खन्याउनुका साथै कुटपिट गरेको छोरा मनोजले बताए । पीडकलाई गिरफ्तार गरी कारबाही गरिने इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर लक्ष्मीराज अधिकारीले जनाएका छन् ।
दीपेन नेउपाने
No comments:
Post a Comment