नेपालको सम

Wednesday, December 27, 2006

>>अपहरित खोज्दै अधिकारकर्मीको टोली इमाडोलमा

ललितपुर । पुस १२ गते

नेकपा माओवादीद्वारा अपहरण गरी बेपत्ता पारेका कमलामाई नगरपालिका-१, सिन्धुली जिल्ला घर भई ललितपुर मंगलबजारमा डेरा गरी बस्ने ३१ वर्षीय निर्मल स्याङतानलाई खोज्दै मानवअधिकारकर्मीको टोली ०६३ पुस १२ गते ललितपुर जिल्लाको इमाडोल गाविस-५ स्थित खन्ना गार्मेन्टमा पुगेको छ ।
माओवादीका कार्यकर्ताले ०६३ मंसिर १८ गते साँझ स्याङतानलाई माओवादीको समुहले काठमाण्डौ माइतीघरमा रहेको ज्याकपट रेष्टुरेण्टबाट कुटपीट गरी अपहरण गरेका थिए । स्याङतान सोही रेष्टुरेण्टमा काम गर्दथे ।
अपहरितका परिवारले उनको खोजीको लागि इन्सेक क्षेत्रीय कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनको आधारमा स्याङतानलाई उक्त गार्मेन्टमा राखिएको अनुमानमा साथ उनको स्थिती बुझन् मानवअधिकाकर्मीको टोली त्याँहा पुगेको हो ।
माओवादीले उक्त गार्मेण्टलाई मजुदुर युनियनको कार्यालय बनाएका छन् । त्यहाँ रहेका देवेन्द्र नाम बताउने पालेले आधिकारिक व्यक्ति कोही नभएको जानकारी मानवअधिकारकर्मीको टोलीलाई बताए । युनियनका सबै पदाधिकारी बाहिर रहेको बताउँदै बिहान वा बुलुका समय मिलाएर आउनुपर्ने बताए । उनले त्यहाँ कसैलाई नराखेको बताउदै हामीलाई भन्दा आधिकारिक व्यक्तिसँग सोध्नु राम्रो हुने प्रतिक्रिया दिए ।
अपहरित खोज्दै इन्सेकका अक्रुर न्यौपाने र गोपीकृष्ण भट्टराई तथा हिमराइट्सका बुद्धि सिवाकोटी र वीपि अधिकारीको टोली दिउँसो सो क्षेत्रमा पुगेको थियो ।
गोपीकृष्ण भट्टराई

No comments: