>> माओवादी मजदुरद्वारा बोटलर्स नेपाल बन्द
काठमाडौ १० पुस २०६३ । माओवादी निकट मजदुरहरुको संगठनले कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालको तराई र काठमाडौस्थित दुबै कम्पनी २ दिनदेखि बन्द गराएका छन् ।
कम्पनीले विज्ञप्ति जारी गरी माओवादी सम्बद्ध मजदुरले वार्ताविना जबरजस्ती कम्पनीको मुल गेटमा तालाबन्दी गरेको जनाएको छ । ज्यालादारीमा राखिएका ५५ मजदुरलाई कम्पनीले विना आधार निस्कासन गरेको भन्दै माओवादीको अखिल नेपाल औद्योगिक मजदुर संघले बोटलर्स नेपालका दुबै कारखानाको मुल गेटमा हिजो तालाबन्दी गरेको थियो । चितवनको भरतपुरस्थित कम्पनी बन्द भएपछि १ सय ८५ मजदुर तथा कर्मचारी कामविहिन बनेका छन् । बोटलर्स तराई लिमिटेडले दैनिक १२ हजार क्रेट कोकाकोला, स्प्राइड लगायतका आफ्ना उत्पादक बन्द भएको जनाएको छ । बोटलर्सको काठमाडौमा झन्डै यसको दोब्बर उत्पादन हुने गर्छ । ४ महिना अघिको सम्झौता बमोजिम माग पूरा नभएकाले अनिश्चितकालिन तालाबन्दी गरिएको मजदुर संघले जनाएको छ । कम्पनीका बजार प्रबर्द्धक प्रताप रावलका अनुसार सम्झौता बमोजिम मजदुरको ज्यालादरमा वृद्धि गरी दैनिक १ सय ३५ रुपैंया पुर्याएको छ । यसबाहेक शनिबार र सार्वजनिक बिदामा समेत दैनिक पाउने ज्याला दिने निर्णय भएको रावलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment