नेपालको सम

Tuesday, December 26, 2006

>>मन्त्री अभिव्यक्तिप्रति आपत्ति

स्वतन्त्र समाचार सेवा काठमाडौँ, पुस १०/बजारमा पेट्रोलियम पदार्थको अभाव हुनुमा व्यापारीहरू नै जिम्मेवार भएको भन्दै उद्योग वाणिज्य तथा आपर्ूर्ति मन्त्री हृदयेश त्रिपाठीले विभिन्न सञ्चार माध्यमहरूमार्फ दिनुभएको अभिव्यक्तिप्रति नेपाल पेट्रोलियम डिलर्स एसोसियसनले कडा आपत्ति जनाएको छ ।
नेपाल आयल निगमलाई भारतीय आयल निगमले उपलब्ध गराउने पेट्रोलियम पदार्थको आपर्ूर्तिमा कटौती भइरहेको सर्न्दर्भमा विभागीय मन्त्रीबाट नै त्यस्तो गैरजिम्मेवारपर्ूण्ा अभिव्यक्ति आउनु हास्यास्पद भएको एसोसियसनका सचिव ध्रुव श्रेष्ठले बताउनुभयो ।
अहिले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन नसकिरहेको अवस्थामा विभागीय मन्त्रीबाट नै त्यस्तो विवादस्पद भनाइ आउनु अब बन्ने अन्तरिम सरकारलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको सचिव श्रेष्ठको भनाइ थियो ।

No comments: