नेपालको सम

Sunday, December 24, 2006

शान्ति र लोकतन्त्रलाई खतरा पुग्ने काम सरकारले गर्दैनः प्रम कोइराला

काठमाडौ ८ पुस २०६३ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारले शान्ति र लोकतन्त्रलाई खतरा पुग्ने कुनै कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकार सबैको सहमति र विश्वास लिएर मात्रै अघि बढ्नेमा कसैलाई पनि चिन्ता व्यक्त नगर्न प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका कार्यवाहक महासचिव अमृत कुमार बोहोरासहितको टोलीसँगको भेटमा उहाँले उक्त आश्वासन दिनुभएको हो । भेटमा एमालेले ८ दलबीच भएको सहमतिको पालना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
एमाले नेतृत्व टोलीले लोकतन्त्र, दिगो शान्ति र जनताको जीवनस्तर उकास्न यसअघि गरिएको प्रतिबद्धतालाई यथासक्य व्यवहारमा उतार्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । सरकार र माओवादीका पछिल्ला क्रियाकलापले सहमतिको वातावरण धमिलिदै गएकोमा चिन्ता व्यक्त गर्दै एमालेले ऐतिहासिक सहमतिपश्चात् मुलुक परिवर्तनको निर्णायक मोडमा पुगेको बेला राज्य र माओवादी दुबैले संयम गुमाउन नहुनेमा जोड दिएको नेता बोहोराले जानकारी दिनुभयो ।
उहाँले सरकारले हालै राजदुत नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरुमा केही लोकतन्त्रको मर्म र भावनालाई बोक्न नसक्नेहरु समेत रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । भेटमा एमाले नेता भरतमोहन अधिकारी र झलनाथ खनाल समेत सहभागी हुनुहुन्थ्यो ।
यसअघि हिजै मात्र एमाले नेतृत्वले माओवादी नेतृत्वलाई भेटी सहमतिको वातावरण धमिलिने खालका क्रियाकलाप रोक्न आग्रह गरेको थियो ।

No comments: