पाँच दिनपछि कटारी विवाद टुङ्गियो, माओवादीले र्सार्वजनिक आत्माआलोचना
बाबुराम भण्डारी/स्वससे
उदयपुर, पुस ८/माओवादी छापामारले एमाले अखिलका विद्यार्थीहरूमाथि गरेको आक्रमणको विरोधमा उत्पन्न भएको तनाव पाँच दिनपछि शनिबार टुङ्गएिको छ ।
माओवादी र घटनास्थलमा पुगेका सात दलका नेताहरू बीच १२ बुँदे सहमति गर्दै उक्त विवाद टुङ्गिएको वार्तामा सहभागी उदयपुर क्षेत्र नं. २ का सांसद जगन्नाथ खतिवडाले बताउनुभयो ।
वार्तामा एमाले जिल्ला सचिव मणिराज पौडेल, माओवादीका विशाल-कुमार स्मृति ब्रिगेड कमिसार पुष्प, जिल्ला सेक्रेटरी बासुलगायत आठैदलका नेता कार्यकर्ता सहभागी रहेका थिए ।
माओवादीले र्सार्वजनिक आत्मालोचना गर्ने, घटनाको जिम्मेवारी लिने, घाइतेको उपचार गर्ने तथा कुनै पनि पार्टर्ीीथा सङ्घ-सङ्गठनका गतिविधिहरूमा अवरोध नपुर्याउने लगायतका बुँदामा सहमति भएको जनाइएको छ ।
यसैगरी माओवादी आक्रमणबाट घाइते भएका अखिलका कार्यकर्ता, प्रहरी तथा र्सवसाधारणहरू र स्थानीयबासीले तोडफोड गरेको माओवादी कार्यालयको क्षतिपर्ूर्तिका लागि नेपाल सरकारसँग लिखित रूपमा माग गर्ने पनि सहमति भएको छ ।
यस्तै घटनामा घाइते भएका छमध्ये दर्ुइ प्रहरी जवानसहित पाँचको सम्पर्ूण्ा उपचार माओवादीले व्यहोर्ने र एकको उपचार खर्च एमालेले बेहोर्ने सहमति भएको छ ।
गत मङ्गलबार भएको उक्त घटनापछि माओवादी र एमालेका नेता-कार्यकर्ताहरू बीच आरोप-प्रत्यारोप चल्दै आएको थियो । यता घटनाको बारेमा जानकारी लिन शनिबार नै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त कार्यालयको टोली र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको टोली घटनास्थल आइपुगेको छ ।
घटनाले हिंसात्मक रूप लिन थालेपछि शुक्रबारदेखि सदरमुकाम गाईघाटबाट गएका आठ दलका नेताहरू तथा प्रहरी प्रशासनसहितको उपस्थितिमा इलाका प्रहरी कार्यालय कटारीमा संयुक्त बैठक बसेको थियो ।बैठकले ठोस निष्कर्षननिकालेको भन्दै स्थानीय बासिन्दा र एमाले कार्यकर्ताहरूले नाराबाजी गर्न थालेपछि रातिसमेत बैठक बसेको थियो ।
माओवादी छापामारको आक्रमणबाट गम्भीर घाइते भएका प्रहरी जवान केशव खड्काको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । खड्काको कानको जाली फुटेको बताइएको छ ।
No comments:
Post a Comment