नेपालको सम

Monday, December 18, 2006

माओवादीको जनमुक्ति शिविरमा भएको बम विस्फोटमा नौजना घाइते

माओवादीको जनमुक्ति शिविरमा भएको बम विस्फोटमा नौजना घाइते सुर्खेत । पुस २ गते
माओवादीको छैटौं डिभिजन अन्तर्गतको घोराही सतवरिया व्रिगेडमा रहेका जनमुक्ति सेनाले डेटोनेटर बम बनाउँदै गर्दा विष्फोट भई नौजना जनमुक्ति सेना घाइते भएका छन् ।
स्थानीय लेखफर्सा गाविस-६ को लेखफर्सा हरिमान घलेको घरमा जनमुक्ति सेनाले दुई तले घरको छतमा ०६३ मंसिर २९ गते दिउँसो १.०० बजे बम बनाउँदै गर्दा विष्फोट भएको बताइएको छ ।
घोराइ सतवरिया व्रिगेडका कमाण्डर अनुशले घटनास्थलको अवलोकनमा गएका मानवअधिकारकर्मी र पत्रकारलाई घटना भएको स्वीकार गरे पनि घाइते माओवादी जनमुक्ति सेनाको नाम खुलाउन मानेन् । उपचारमा संलग्न संघर्ष उपनामका स्वास्थ्यकर्मीले घाइतेको नाम थाहा नभएको बताउँदै घाइतेमध्ये एकजना महिला जनसेना भएको बताए । स्थानीयवासीन्दा र अन्य माओवादी स्रोतले उक्त घटनामा नौजना घाइते भएको र पाँचजनाको अवस्थामा गम्भीर भएको बताएका छन् । घाइतेहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुन नसकेको बताइएको छ ।
दुर्गा थापा

No comments: