नेपालको सम

Monday, December 18, 2006

गाउँलेसँगको भिडन्तमा तीन प्रहरी घाइते

काठमाडौँ, पुस २/प्रहरी र स्थानीय बासिन्दाबीच झापाको तागनडुब्बा गाविसमा आइतबार बिहान भिडन्त हुँदा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक दिलीप झा, प्रहरी जवानद्वय यमबहादुर कार्की र राजेश चौधरी रहेका छन् । घाइतेमध्ये प्रहरी निरीक्षक झाको हात भाँचिएको छ । प्रहरी जवान कार्कीको हातमा गोली लागेको छ भने चौधरीको टाउको फुटेको छ ।
स्थानीय बासिन्दाहरूले इलाका प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक वैद्यनाथ यादवसहित १३ प्रहरीहरूलाई हतियारसहित नियन्त्रण लिएको दर्ुइ घण्टापछि मुक्त गरेका छन् । भिडन्तपछि अहिले टागनडुब्बा क्षेत्र तनावग्रस्त रहेको छ ।
बिहान काठ तस्करहरूले १५ टन चन्दन गाडीमा हालेर भारततिर लैजाँदै गर्दा स्थानीय बासिन्दाले गाडी नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर चन्दन नियन्त्रणमा लिने क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि एक्कासि आक्रमण गरेका थिए ।
दर्ुइ वर्षघि सेनाले स्थानीय रमा अधिकारीको हत्या गरेपछि सुरक्षाकर्मीको पोशाक लगाएका व्यक्तिहरूप्रति स्थानीय बासिन्दा आक्रोशित हुने गरेका छन् । सोही विषयलाई लिएर स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
चन्दन तस्करीको जानकारी पाएर घटनास्थल जाँदै गरेको प्रहरी टोलीमाथि तस्करहरूले बीच बाटोमा आक्रमण गरेका थिए । घटनास्थल महेन्द्र राजमार्गबाट करीब ४० किलोमिटर दक्षिण भारतीय सीमानजिक अवस्थित छ ।
स्वतन्त्र समाचार सेवा

No comments: