नेपालको सम

Monday, December 18, 2006

अखिल क्रान्तिकारी विद्यार्थीहरूद्वारा तालाबन्दी

सिन्धुपाल्चोक । पुस २ गते
माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीहरूद्वारा जिल्ला शिक्षा कार्यालयमा ०६३ पुस २ गते बिहान ७:०० बजेबाट तालाबन्दी गरेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालय र सात विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ०६३ मंसिर २८ गते अस्थायी शिक्षकलाई खुला प्रतिस्पर्धाबाट नै स्थायी गर्ने लिखित सहमतिमा आफूहरूको प्रतिनिधित्व नगराएको भन्दै तालाबन्दी गरेका हुन् ।
लामो समयदेखि अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई एक पटकका लागि खुला प्रतिस्पर्धामा सहभागी गराइने सहमति भएको थियो । प्रतिस्पर्धामा अस्थायी शिक्षहरूलाई भने उमेरको हदम्याद लागू नहुने सहमति भएको छ ।
दुई सातादेखि शिक्षा विधेयकको विरोधमा विद्यार्थीहरूले सो विधेयकको खारेजीको माग गर्दै प्रतिस्पर्धाको आधारमा स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए ।
नातीबाबु धिताल

No comments: