नेपालको सम

Tuesday, December 19, 2006

फिचर

पत्रकार, वकिल र डाक्टर
-विनय कसजू
चिकित्सकको काम रोग निको पार्नु हो । रोगी साधु भए पनि अपराधी भए पनि डाक्टरको नजरमा ऊ बिरामी हो । भोलि नै अपराधीलाई फाँसी दिइने भए पनि उसले अपराधीको उपचार गर्नुपर्छ । अपराधीको उपचार गरेबापत डाक्टरलाई अपराधीसँग मिलिमतो गर्‍यो वा अपराधीलाई सघायो भन्ने अभियोग र आरोप लगाइँदैन । डाक्टरको व्यावसायिक धर्म नै बिरामीको उपचार गर्नु हो । यसैको लागि उसले पारिश्रमिक पाउँछ ।
त्यस्तै कानुन व्यवसायीको काम कानुनी उपचार दिलाउनु हो । न्यायालयमा विचाराधीन मुद्दाका पक्ष र प्रतिपक्षलाई सघाउनु उसको व्यावसायिक कर्तव्य हो । यसैको लागि उसले पारिश्रमिक पाउँछ । न्यायालयको विचाराधीन मुद्दाका वादी र प्रतिवादीमध्ये एउटाले कानुन मिचेको अर्को मर्कामा परेको हुनसक्छ । एक जना पीडक अर्को पीडित । एक जना अभियुक्त अर्को अपराधको सिकार । तर वकिलले अभियुक्त र सिकार दुबैको पक्षमा वकालत गर्छ । डाँका, तस्कर, हत्यारा, भ्रष्टाचारीको पक्षमा वकालत गर्‍यो भनेर वकिललाई बात लाग्दैन । बरू त्यस्ताकै पक्षमा वकालत गर्दा उसले अरूभन्दा आकर्ष पारिश्रमिक पाउने गर्छ ।
पत्रकारको काम समाजमा हुने घटनाको समाचार मानिसहरूसमक्ष पुर्‍याउनु हो । हुनुपर्ने कुरा किन भएन र नहुनुपर्ने कुरा किन भयो भन्ने कुरामा उसले निरन्तर ध्यान दिन्छ । फलस्वरूप समाजमा भएका अन्याय, अत्याचार, अनियमितता, भ्रष्टाचार, कुशासन, अपराधका कुरा बाहिर आउँछन् । अर्को शब्दमा पत्रकारले समाजको पहरेदारको भूमिका खेलिरहेको हुन्छ । उसले एकातिर मानिसको नयाँनयाँ कुरा जान्ने चाहना र उत्सुकता पूरा गर्छ भने अर्कोतिर समाजलाई सूचित, शिक्षित र सचेत बन्न सघाउँछ । यस्तो महत्वपर्ूण्ा जिम्मेदारी पूरा गर्नका लागि उसले वस्तुनिष्ठता, निष्पक्षता, निर्भीकता, आत्मनिर्भरता र उत्तरदायित्वजस्ता पत्रकारिताका व्यावसायिक धर्म पालन गर्नु पर्ने हुन्छ ।
डाक्टरले अपराधीको उपचार गरेझैँ वा वकिलले हत्याराको पक्षमा बहस गरेझैँ पत्रकारले कसैको पक्षमा बहस गर्न हुँदैन/पाउँदैन । त्यसो गर्ने बित्तिकै ऊ व्यावसयिक मर्यादाबाट च्यूत भएको ठहरिन्छ र प्रेस जगतबाट बहिष्कृत हुन्छ । धनाढ्य अपराधीको उपचार गर्ने डाक्टर वा भ्रष्ट कुवेरको पक्षमा बहस गर्ने वकिलले जतिसुकै मोटो पारिश्रमिक पाए पनि कसैले औँला ठडयाउँदैन र इज्जत पनि गुमाउँदैन । तर पत्रकारले त्यसो गर्‍यो भने उसले आफ्नो पेशा र इज्जत दुबै गुमाउँछ । पत्रकारले समाजले शङ्का गरेका मानिससँगै बसेर चिया खाए पनि उसको व्यावसायिक मर्यादामाथि औँलो ठड्याउँछ ।
डाक्टर, वकिल, इन्जिनियर वा अरू कुनै पनि व्यवसायका विशेषज्ञहरू नेता, उद्योगी, व्यापारी वा कुनै पनि व्यापारिक कारोवार वा सरकारी निकायको कर्मचारी तथा सल्लाहकार बन्न सक्छन्, तर पत्रकारले त्यसो गर्न पाउँदैन । त्यसो गर्ने बित्तिकै उसको स्वतन्त्रता, आत्मनिर्भरता, निष्पक्षतामाथि प्रश्न खडा हुन्छ । उसको पत्रकारको हैसियत समाप्त हुन्छ ।
निश्चय नै पत्रकारिता व्यवसाय अन्य व्यवसायभन्दा भिन्न व्यवसाय हो, किनकि मूल रूपमा पत्रकारिता विचार र दिमागसँग सम्बन्धित व्यवसाय हो । बिस्कुट, चाउचाउ, रक्सी उपभोग गर्नु र आमसञ्चार माध्यममा प्रस्तुत विचार उपभोग गर्नु एउटै कुरा होइन । पत्रकार जनमतको निर्माता हो । मानिसहरू मिडियाबाट प्रभावित भएर खाने कुरादेखि नेतासम्म रोज्छन् ।
वास्तवमा पत्रकारिता कुनै पनि समाजभित्रका राजनीतिक, सामाजिक तथा आर्थिक शक्तिहरूको शक्ति सन्तुलनमा हुने परिवर्तनको ताजा अभिलेखन हो । यसैले यो अभिलेख वस्तुनिष्ठ, सत्य, निष्पक्ष, निर्भीक हनर्ुपर्छ । यसैको आधारमा जनमत बन्छ र यसैको आधारमा इतिहास लेखिन्छ ।
अमेरिकाका प्रख्यात पत्रकार जोसेफ पुलित्जरको भनाइमा "अखबार यस्तो संस्था हो जसले सँधै प्रगति र सुधारको लागि सङ्र्घष्ा गर्नुपर्छ, अन्याय र भ्रष्टाचारलाई कहिल्यै सहन गर्नु हुँदैन, सबै पार्टर्ीी सबै सिद्धान्तहीन राजनीतिज्ञहरूसित सँधै जुझ्नर्ुपर्छ, आफू कुनै पार्टर्ीीे हुनु हुँदैन ।
समाजका शोषकहरूको विरोध गर्नुपर्छ, निरन्तर र्सार्वजनिक कल्याणमा लाग्नर्ुपर्छ । विपन्नहरूप्रति सहानुभूति कहिल्यै गुमाउनु हुँदैन । खबरमात्रै छापेर खुशी हुनु हुँदैन । र्सवदा र्सवथा स्वतन्त्र रहनर्ुपर्छ । अन्यायमाथि प्रहार गर्न कहिल्यै डराउनु हुँदैन- "अन्याय चाहे सम्पन्नताले गरेको होस् चाहे गरिबीले ।" यसैले भनिन्छ पत्रकारको कुनै शत्रु पनि हुँदैन मित्र पनि हुँदैन । यस्तो जिम्मेवारी न त डाक्टरको हुन्छ, न वकिलको, न प्राध्यापकको, नअन्य कुनै व्यवसायीको ।
यसैले पत्रकारिता पेशा गाह्रो पेशा हो । यो जिम्मेवारी नै जिम्मेवारीको भारी हो । तर यही जिम्मेवारीको पालनाले गर्दा देश र समाजले गति पाउँछ र पत्रकारले पनि सम्मान पाउँछ । सन्त कवीरले रचेको एउटा दोहा पत्रकारहरूको लागि निक्कै सुहाउँछ ।
कबीरा खडा बाजारमेँ, सबकी मागे खैर ।ना काहुसे दोसती, ना काहुसे बैर ।
-अर्थात् कवीरले बजारको बीचमा उभिएर सबैको भलाइको लागि पर््रार्थना गर्छ । न उसको कसैसँग मित्रता हुन्छ न कसैसँग शत्रुता

No comments: