तेक्वान्दोले धान्यो इज्जत
एशियाली खेलमा सधैँ 'फेल' हुँदै आएको नेपाली टोलीको इज्जत तेक्वान्दोका केही काँस्य पदकले जोगाइदिएको छ
चीनको दरलिो अग्रता स्थापित गर्दै पन्धौँ एशियाली खेलकुद मङ्सिर २९ गते समापन भएको छ । चार वर्षपहिले सम्पन्न १४ आँै खेलकै नतिजा बोकेर नेपाली टोली स्वदेश फर्किसकेको छ । पूर्वविजेता दीपक विष्ट एवम् नयाँ विजेता मनिता शाही र आयशा शाक्यले काँस्य पदक हात पारे । धन्न, नेपाल पदकविहीन हुनबाट जोगियो । पन्ध्रौँ एशियाडका १४ खेलमा भाग लिन ५१ जना नेपाली खेलाडी दोहा पुगेका थिए ।
मार्सल आर्ट्सका चार खेल तेक्वान्दो, कराँते, उसु तथा जुडोका लागि नेपालको प्रतिनिधित्व गर्ने २८ खेलाडीमध्ये तेक्वान्दोमा मात्र तीनवटा पदक हात पर्यो । एशियाड टिम तयारीको जिम्मा लिएका खेलकुद परष्िाद्का उपाध्याक्ष सीताराम मास्केले मार्सल आर्ट्सबाट पदकको जुन सम्भावना व्यक्त गरेका थिए, त्यो फोस्राे सावित भयो । नेपालले तेक्वान्दो र कराँतेमा कायम गरेको विगतको साखसमेत यसपटक रहेन ।
उसुमा व्यापक आन्तरकि अभ्यास गरएिको प्रशिक्षक गणेश अर्यालको दाबी पनि फुस्सा सावित भयो । तीन महिनाअगाडिदेखि अभ्यासरत खेलाडीहरूले आफ्नो कुशलतालाई दोहामा प्रमाणित गर्न सकेनन् । सन् १९९० देखि २००२ सम्मको एशियाडमा लगातार काँस्य पदक हात पार्दै आएको यो खेलमा यसपटक भने नेपाल रत्तिै फर्केको छ । अमेरकिा बसाइमा रहेकी विना खड्का -लामा) प्रतिको नेपालको आशा पनि काम लागेन । सन् १९९० को बेइजिङ् एशियाडमार्फत उसुमा लगातार सहभागिता जनाउँदै आएको नेपालले प्रभावशाली प्रदर्शन गर्न सकेको थिएन । यो नियति अहिले पनि दोहोरएिको छ । विनासहित राजकुमार रसाइली, मचारत्न महर्जन र भुवन श्रेष्ठले दोहा एशियाडमा उसु खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
दक्षिण एशियाली खेलकुदमा लगातार तीनपटक स्वर्ण पदकको भागीदार बनेका दीपक विष्टसहित पाँच जना पुरुष तथा श्रीलङ्कामा सम्पन्न दशौँ एशियाली खेलकुद -साग) मा स्वर्ण पदक जितेकी मनिता शाहीसहित पाँच जना महिला खेलाडीले पन्ध्रौँ एशियाडमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका थिए । यी १० खेलाडीमध्ये तीन जनाले नेपालको प्रतिष्ठा जोगाए । अमेरकिामा प्रशिक्षणरत विष्टले कोरयिाको बुसानमा सम्पन्न चौधौँ एशियाली खेलकुदमा काँस्य पदक जितेका थिए । चार वर्षअघि दक्षिण कोरयिामा सम्पन्न खेलमा तेक्वान्दोतर्फ दीपक विष्टको समूहले तीनवटा काँस्य जितेको थियो । त्यतिबेला र अहिले नेपालकोे तेक्वान्दोको खेलस्तरमा निकै भिन्नता आइसकेको छ । दशौँ दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक जितेकी मनिता शाही अहिले नेपालका लागि आशाकी केन्द्रविन्दु भएकी छन् । उनले काँस् य पदक हासिल गरेर नेपालको इज्जत जोगाउन सफल भएकी छन् । उनकै लहरमा आयशा शाक्यले पनि नेपालको प्रतिष्ठा बढाएकी छन् ।
एशियाली खेलकुदमा तेक्वान्दो नेपालका लागि उपयोगी प्रमाणित भएको छ । एशियाडमा नेपालका लागि एक मात्र रजत पदक जित्ने खेलाडी सविता राजभण्डारी तेक्वान्दो खेलाडी नै हुन् । नेपालले अहिलेसम्म एशियाडमा जितेका १७ काँस् य पदकमध्ये १० तेक्वान्दोबाट नै जितेको थियो । यो काँस्य पदकको सङ्ख्या अहिले बढेर २० भएको छ । तर, तेक्वान्दो भन्दा अलि भिन्न प्रतिस्पर्धा हुने भए पनि यसपालि कराँतेमा राम्रो नतिजा दिने दाबी प्रशिक्षक नारायणदेव राणाको थियो । तर, दोहाबाट यो खेलले पनि राम्राे नतिजा दिन सकेन । सागमा गलत निर्णयको शिकार भएका दीपकका लागि यो प्रतियोगितामा आफ्नो योग्यता देखाउने राम्रो अवसर पनि थियो । तर, उनले यो अवसरको सही उपयोग गर्न सकेनन् । आठ जनाको समूहमा रहेको यो खेलमा नेपालले सफलता हासिल गर्न सकेन । सन् १९९४ देखि २००२ सम्म लगातार चारपटक पदक हात पार्दै आएको यो खेलले यसपालि भने राम्रो नतिजा दिन सकेन । यसका चर्चित खेलाडी दीपक श्रेष्ठले आठौँ र नवौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक पनि जितेका थिए । सागमा स्वर्ण पदक जितेका कुशलसहित स्वर्ण पदक विजेता महिला खेलाडी सुलोचना सिजख्वा तथा रजत पदक विजेता अमृता शाक्य कराँतेमा नेपालका लागि पदक जित्ने होडमा कम्मर कसेर लागेका थिए । तर, उनीहरूको कम्मर कसाइले सुखद परण्िााम भने दिन सकेन ।
सन् १९५१ देखि लगातार एशियाडमा सहभागिता जनाउँदै आएको नेपालले पहिलो सहभागिताका रूपमा एथलेटिक्सलाई लिएको थियो । तर, यसमा भाग लिने काम मात्र भएको छ । एशियाडमा हालसम्म एउटा पनि पदक हात नपारेको एथलेटिक्सको टिम पनि यसपालि रत्तिै फर्किएको छ । आफ्ना खेलाडीले कुन खेलमा भाग लिएका छन् वा छैनन् भन्ने राम्रो जानकारी पनि परष्िाद्लाई हुँदो रहेनछ भन्ने तथ्य कान्छीमाया कोजु काण्डबाट पुष्टि भएको छ । उनले भागै नलिएको खेलमा उनको नाम बोलाइएको थियो, जसले गर्दा नेपाली खेलाडीहरू र खेल पदाधिकारीहरू स् वयम् अन्योलमा परेका थिए ।
सन् १९६६ देखि लगातार पाँचपटक एशियन खेलमा भाग लिएको ब्याडमिन्टनले पनि हालसम्म कुनै पदक जितेको छैन । ब्याडमिन्टन प्रशिक्षक रजनी जोशी पनि सहभागिता मात्र जनाउने कुरामा सहमत थिइन् । लगातार २० वर्ष सहभागिता जनाएर बीचमा रोकिएको ब्याडमिन्टन यात्रा फेर ियसपालि शुरू भएको थियो । तर, त्यसले कुनै पनि चमत्कार देखाउन सकेन । १९७८ देखि सहभागिता जनाउन थालेको बक्सिङ् खेलले १९९६ मा चार र १९९० मा एक काँस्य पदक जितेर नेपालको छवि धमिलिनबाट जोगाएको थियो ।
कराँते, तेक्वान्दो र बक्सिङ्मा मात्र सीमित रहेको नेपालको खेलकुद क्ष्ाेत्रले यी खेलमा पनि खासै प्रगति गर्न सकेको छैन । सन् १९९८ देखि सहभागिता जनाउँदै आएको सफ्ट टेनिसले पनि कुनै राम्रो परण्िााम दिन सकेन । विगतमा छपटक सहभागिता जनाएर १९९४ मा रोकिएर फेर िसहभागिता जनाउँदै आएको भारोत्तोलनले पनि हालसम्म कुनै राम्राे प्रदर्शन गर्न सकेको छैन । नेपाल खेलमा सधँै 'फेल' हुँदै आएको छ तर खेलपदाधिकारीहरू भने मोजमस् तीमै मस्त छन् ।
-सुधीर नेपाल
No comments:
Post a Comment