नेपालको सम

Monday, December 25, 2006

सद्भावनाको तराई बन्दले जनजीवन प्रभावित

काठमाडौ १० मंसिर २०६३ । सत्तारुढ सात दलमध्येको एक प्रमुख घटक नेपाल सद्भावना पार्टी आनन्दीदेवीले आज आव्हान गरेको बाँके र सिराह क्षेत्र बन्द गर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
जनसंख्याको आधारमा संसदीय निर्वाचन क्षेत्रको निर्धारण तथा अन्तरिम संविधनमा मधेशको बारेमा केही उल्लेख नभएको भन्दै सो पार्टीले बन्द आव्हान गरेको हो । बन्दका कारण सिराहको गोलबजार, लाहानलगायतको क्षेत्र पूर्ण रुपमा प्रभावित बनेको छ। प्राप्त समाचारअनुसार सो क्षेत्रका शैक्षिक संस्थान र यातायातसमेत पूर्ण रुपमा बन्द रहेको छ।
बन्द आव्हानकर्ताले आज बिहानैदेखि मुख्यचोकहरुमा टायर बालेर प्रदर्शन गरेका कारण राजमार्गसमेत अवरुद्ध भएको छ।
नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाँकेले आज मधेश बन्द गरेको छ । बाँके सचिव लक्ष्मीनारायण वर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुस १० गते मधेश बन्द भएकोले सम्पूर्ण कारोबार बन्द गरिदिन आग्रह गरेका छन् ।

No comments: