राप्रपा नेपालका कार्यकर्ताले फेरि कुटाई खाए
काठमाण्डौ डिसेम्बर, २५
राजालाई सक्रिय तुल्याउन लागेको भन्दै माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज ललितपुरमा गर्न लागेको नगरप्रमुख तथा वडा प्रमुखहरुको राष्ट्रिय भेला बिथोलिएको छ ।विहान ८ बजे पुल्चोकस्थित होटल नारायणीमा सो पार्टीले राष्ट्रिय भेला कार्यक्रम तय गरेको थियो । अन्तिम समयमा आएर भेलाका लागि होटलले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि त्यहाँबाट र्फकने क्रममा ठीक त्यसै समयमा भेलाको विरोध गर्न पुगेका क्रान्तिकारीको विद्यार्थीहरुले शाही सरकारका पालामा मेयर बनेका केही पूर्व मेयर तथा वडा सदस्यहरुलाई कालोमोसो दली घुमाएका थिए । यसरी कालोमोसो दली घुमाएका पूर्व मेयरहरुमा पृथ्वी नारायण नगरपालिकाको उपमेहर दामकुमार श्रेष्ठ, इटहरी नगरपालिकाका मेयर दान बहादुर विष्ट, मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मंगल प्रजापति र सक्रिय कार्यकर्ता लक्ष्मण लगायतका रहेका छ्न् । भेलामा सहभागी हुन आएको ती प्रतिनिधिहरुलाई ललितपुरको पुल्चोकमा कालोमोसो दली कुपण्डोलसम्म क्रन्तिकारी विद्यार्थीले राजा विरोधी नारा लगाउनका साथै उनीहरुलाई पनि राजा विरुद्ध नारा लगाउन लगाएका थिए ।यसघि पनि राप्रपा नेपालले पोखरामा गर्न लागेको राष्ट्रिय भेलामार्फत राजालाई सक्रिय गराउन षड्यन्त्र गर्नु लागेको भन्लै ८ विद्यार्थी संगठनले कार्यक्रम बिथोलिदिएका थिए । सोही घटनालाई लिएर राप्रपा नेपालका अध्यक्ष रविन्द्रनाथ शर्माको नेतृत्वमा २ साताअघि गएको एक टोलीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी मानवअधिकार प्रजातान्त्रिक व्यवस्थामा खुल्ला रुपले भेला गर्न पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै त्यसप्रति सरकारले उचित संरक्षण दिनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका थिए । प्रधानमन्त्री कोइरालालाई ज्ञापन-पत्र बुझाउन नारा जुलुससहित प्रधानमन्त्री निवास बालुवाटार जाने क्रममा क्रान्तिकारी विद्यार्थी र पार्टीका कार्यकर्ताबीच बाटोमा झडप हुँदा १ दर्जन घाइते भएका थिए ।
No comments:
Post a Comment