नेपालको सम

Monday, December 25, 2006

गाविस सचिवलाई गाउँ जान र प्रहरी चौकी पुसभित्र पुनःस्थापना गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौ १० पुस २०६३ । सरकारले मुलुकभरका गाउँविकास समितिका सचिवहरुलाई यसै महिनाको २५ गतेभित्र गाउँ जान निर्देशन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठमा गर्ने भनिएको संविधानसभा निर्वाचनको तयारी तीब्र पार्न गाविस सचिवहरुको महत्वपूर्ण भूमिका रहने ठहर गर्दै उनीहरुलाई २५ गतेभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिने निर्णय गरेको हो । निर्देशन अवज्ञा गर्नेलाई कडा विभागीय कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी बैठकले संविधानसभाका लागि शान्तिपूर्ण तथा सहज वातावरण सुनिश्चित गर्न पुस मसान्तभित्र सबै विस्थापित प्रहरी चौकी पुनःस्थापना गर्ने निर्णय गरेको छ । संविधानसभा निर्वाचन सम्पन्न गर्न आवश्यक ती कुरामा सहयोगका लागि माओवादी लगायत सम्पूर्ण राजनीतिक दललाई आव्हान समेत गरिएको छ । मन्त्रिपरिषदको बैठकले पश्चिमाञ्चलमा मेदिनी शर्मा र सुदूरपश्चिममा टेकबहादुर थापालाई कायम मुकायम क्षेत्रीय प्रशासक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच सरकारले ४ विश्वविद्यालयमा रिक्त पदाधिकारी १/२ दिन भित्रै नियुक्त गर्ने भएको छ । मन्त्रिपरिषदको आजको बैठकमा पदाधिकारी नियुक्तिबारे गम्भीर छलफल भएको स्रोतले बताएको छ । मन्त्रिपरिषदको बैठक सकिएपश्चात् प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शिक्षा मन्त्री मंगल सिद्धि मानन्धरबीच त्यस सम्बन्धमा छुट्टै छलफल भएको थियो । मन्त्री मानन्धरले पदाधिकारी नियुक्तिमा प्रधानमन्त्री गम्भीर रहेको उल्लेख गर्दै नियुक्तिको निर्णय २ दिनभित्र हुन सक्ने संकेत दिनुभएको

No comments: