नेपालको सम

Tuesday, December 19, 2006

विमानमा नेपालीलाई छुट्टै व्यवहार

राजेन्द्र ज्ञवाली
काठमाडौं, पुस ३ - कामका लागि खाडी क्ष्ाेत्र जाने नेपालीलाई विभिन्न विमान सेवाका कर्मचारीले अपमान जनक व्यवहार गर्ने गरेका छन् ।
कतारको दोहामा भएको १५ औं एसियाली खेलकुदमा सहभागीलाई ती कर्मचारीले आइतबार राति नेपाली खेल टोलीमाथि मस्कटमा त्यस्तै अपमानपूर्ण व्यवहार गरे । गल्फ एयरको विमानबाट काठमाडौं आउँदा उडानमा ढिलाइ भएपछि नेपाली र विदेशीलाई फरक होटलमा राखिएकोे थियो ।
अन्तर्राष्ट्रिय नियमअनुसार त्यसरी रात बिताउन परे यात्रुलाई सुविधा सम्पन्न होटलमा राख्नुपर्छ । 'तर नेपाली भनेपछि त अमानवीय व्यवहार गरियो,' टोलीमा रहेका पत्रकार विनोद पाण्डेले भने ।
नेपालीका लागि व्यवस्था गरिएको होटलमा कोठाहरू पनि अपर्याप्त भएको र कतिपय कोठाका ढोकामा चुकुलसमेत नभएको उनले बताए । आफूहरूले गुनासो गर्दा वायु सेवाका कर्मचारीले 'यहाँ केही गर्न सक्दैनौ, आफ्नो मुलुकमा पुगेपछि जे गर्ने हो गर' भन्ने ठाडो जवाफ दिएका थिए ।
'तपाईंहरू भएर मात्र यतिसम्म गरियो । हामीजस्तालाई त यति सुविधासमेत दिइँदैन ।' दोहाबाट फर्केका एक नेपालीले भने । उनका अनुसार नेपालीहरूलाई अपमानित गर्ने प्रक्रिया विमानमा चढेदेखि नै सुरु हुन्छ । 'यस किसिमको अपमान नेपालीहरूले खाडी क्षेत्रमा रहँदासम्म बेहोर्नुपर्ने उनको भनाइ छ ।
हवाई यात्रा गर्ने सबैले नियमपूर्वक भाडा तिरेपछि समान व्यवहार गरिनुपर्ने भए पनि त्यसो नगरिएको पत्रकार श्रीलोचन राजोपाध्यायले बताए । 'नेपालीहरूलाई गरिने फरक व्यवहार गल्फ एयरका कर्मचारीको सोंचका कारण नभई विमान कम्पनीको नीति नै भएको यस घटनाले प्रस्ट पारेको छ,' उनले भने ।
यस सम्बन्धमा गल्फ एयरको बिक्री प्रतिनिधि -जीएसए) भोला थापाले आफ्नो मान्यता नेपालीलाई पनि सम्मानजनक व्यवहार गरिनुपर्ने रहँदै आएको बताए । 'अन्य यात्रुसरह टिकटको पैसा तिरेपछि नेपालीहरूलाई
यस किसिमको व्यवहार गर्न हुन्न,' उनले भने । आफूलाई यसबारे पूरा जानकारी भई नसकेकालेे सबै कुरा पत्ता लगाएर सम्बन्धित निकायसम्म कुरा पुर्‍याउने आश्वासन उनले दिए ।

No comments: