एकतर्फी रुपमा राजदूत नियुक्त गरेको विरोधमा आज उपत्यका बन्द
काठमाडौ ४ पुस २०६३ । सरकारले सोमबार एकतर्फी रुपमा विभिन्न १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको विरोधमा नेकपा माओवादीले आज दिनभर राजधानी उपत्यका बन्दको आव्हान गरेको छ।
माओवादी नेता दीनानाश शर्माले आज बिहान १० बजेदेखि अपरान्ह चार बजेसम्म उपत्यका बन्दको आव्हान गरिएको जानकारी दिनुभएको छ। यसअघि सोमबार माओवादीका प्रवक्ता कृष्णबहादुर महराले राजदूतको सिफारिस विगतका सहमति र आगामी दिनमा हुने सहमतिविरुद्धको गम्भीर षड्यन्त्र भएको उल्लेख गर्नुभएको थियो । सोमबार बसेको विशेष भनिएको मन्त्रिपरिषदको बैठकले भारतका लागि कांग्रेस नेतृ शैलजा आचार्य, चीनका लागि एमाले नेता टंक कार्की, पाकिस्तानका लागि बलबहादुर कुँवर, अमेरिकाका लागि डा. सुरेशराज चालिसे, जापानका लागि डा. गणेश योञ्जन, बेलायतका लागि भगीरथ बस्नेत, रुसका लागि सुर्यकिरण गुरुङ, साउदी अरबका लागि हमिद अन्सारी, बेल्जियमका लागि प्रमेश हमाल, थाइल्याण्डका लागि नवीनप्रकाशजंग शाह, कतारका लागि सुर्यकान्त मिश्र, बंगलादेशका लागि प्रदीप खतिवडा, म्यान्मारका लागि गुणलक्ष्मी शर्मा -विश्वकर्मा), संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि दिनेशनाथ भट्टराईलाई नियुक्त गरेको थियो । साथै राष्ट्रिय मानवअधिकार आयोगमासमेत अध्यक्षमा पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलगायतको नियुक्ति गरेको थियो ।
No comments:
Post a Comment