मन्त्रिपरिषदको निर्णयविरुद्ध शिविरमा रहेका माओवादी हतियारसहित निस्किए
काठमाडौ ४ पुस २०६३ । सरकारले सहमतिको उल्लंघन गर्दै राजदुत नियुक्तिका लागि सिफारिस गरेको विरोधमा माओवादी छापामारले पूर्वमा हतियारसहित शिविरबाट बाहिर आएर प्रदर्शन गरेका छन् ।
आज इलामको कमलझोडा र मोरङको याङसिला तथा टाँडीमा रहेको शिविर छाडी माओवादीले हतियार प्रदर्शन गरेका हुन् । सहमति विपरीत सरकारले एकतर्फी राजनीतिक नियुक्ति गरी माओवादीलाई गुमराहमा राख्ने प्रयास गरेकाले त्यसको विरोधमा छापामारले शिविर छाडेर हतियार प्रदर्शन गरेको माओवादी सेनाको प्रथम डिभिजन कमाण्डर परवानाले स्वीकार गरेका छन् । ३ वटै शिविरका छापामार शिविरभन्दा १ किलोमिटर टाढासम्म निस्केका हुन् । परवानाले सरकारले माओवादीलाई उपेक्षा गरी गरेका यस्ता निर्णय तत्काल फिर्ता नलिए छापामारहरु हतियारसहित अझै टाढासम्म गएर गतिविधि सञ्चालन गर्ने चेतावनी समेत दिनुभयो ।
यस्तै रोल्पाको मुख्य दहवन शिविर र आसपासका क्षेत्रमा रहेका २ हजार भन्दा बढी माओवादी सेनाहरु पनि सरकारी निर्णयको विरोधमा हातहतियार सहित शिविरबाट बाहिर आएका छन् । उनीहरुले आज सरकार विरुद्ध चर्को नारा लगाएका थिए ।
No comments:
Post a Comment