>> माओवादी मजदुर संघद्वारा पोखरा नुडल्समा तालाबन्दी
काठमाण्डौ सम्वाददाता डिसेम्बर, २७
मजदुर निकालेको विरोधमा पोखरा नुडल्स प्रालि आजदेखि बन्द भएको छ ।
पोखरा नुडल्स प्रालिका मजदुरले निष्काशित मजदुरको पुनःबहालीको माग गर्दै उद्योग अनिश्चितकालिन रुपमा बन्द गराएका हुन् । माओवादी समर्थित अखिल नेपाल मजदुर संघको आव्हानमा मजदुरले उद्योगको मुल ढोकामा नारा जुलुसका साथ विरोध प्रदर्शन गरी ताला लगाएका थिए ।
उद्योग प्रशासनले ५ दिनअघि ८२ मजदुरलाई निकालेको सूचना टाँसेको थियो । मजदुर प्रतिनिधि र उद्योगपतिबीचको वार्तामा निष्काशित मजदुरको पुनःबहालीका लागि सहमति हुन नसकेपछि मजदुरहरुले पुरै उद्योग बन्द गराएका हुन् ।
No comments:
Post a Comment