>>प्रहरीको कुटपिटका कारण महेन्द्र राजमार्ग अवरुद्ध
काठमाण्डौ सम्वाददाता
डिसेम्बर, २७
प्रहरीको कुटपिटबाट घाइते भएकाको उपचार र दोषीलाई कारवाहीको माग गर्दै परिवार र गाउँलेले आज महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर खण्ड जाम गरेका छन् ।
सर्लाहीका १८ वर्षिय नुर महम्मदलाई गत शुक्रबार गाउँमै भएको झगडाको निहुँमा प्रहरीले घरबाटै पक्राउ गरी दिनभरि पिटेर छाडेको गाउँलेले बताएका छन् । पिटेर छाडिएका महम्मद हिड्न नसक्ने अवस्थामा रहेको छिमेकीले बताएका छन् । ५ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि बाध्य भएर राजमार्ग जाम गर्नु परेको पीडितले बताएका छन् । घाइतेका सबै परिवार सडकमा सुतेर विरोध प्रदर्शन गरिरहेका छन् । विहान ९:३० बजेदेखि राजमार्ग बन्द भएकाले सयौं यात्रु अलपत्र परेका छन् ।
No comments:
Post a Comment