नेपालको सम

Wednesday, December 27, 2006

>> नेपालगञ्ज घटना छानविन गर्न उच्चस्तरीय आयोग गठन गरिने

काठमाडौ १२ पुस २०६३ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालगञ्जको हिजोको घटना छानविन गर्न उच्चस्तरीय आयोग गठन तत्काल गरिने बताउनुभएको छ ।
घटनाको छानविनपश्चात् दोषी पत्ता लगाएर उचित कारवाही गरिने तथा घटनाका पीडितलाई क्षतिपूर्ति दिने उहाँले बताउनुभयो । प्रतिगामी तत्वहरुले मुलुकमा साम्प्रदायिक दंगा फैलाउने कोशिस गरिरहेको आरोप लगाउँदै उहाँले सरकारले कुनै पनि हालतमा प्रतिगामीको यो षड्यन्त्रलाई सफल हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज विराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री सिटौलाले यो जानकारी दिनुभएको हो । उहाँले माघको पहिलो साताबाटै नागरिकता वितरण कार्य सुरु गरिने दोहोर्‍याउनुभयो ।
यसैगरी संविधानसभाको चुनावलाई समयमा सम्पन्न गर्नका लागि गाविस सचिव तथा प्रहरी चौकी पुनःस्थापनाको कार्य आवश्यक भएकाले यसमा अवरोध सिर्जना नगर्न नेकपा माओवादी समक्ष आग्रह गर्नुभयो ।

No comments: