जिल्ला अदालतद्वारा पुर्पक्षका लागि थुनामा राख्ने आदेश
महोत्तरी । पुस २ गते
गौशाला गाविस-२ की एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दार मनोजकुमार चौधरीलाई महोत्तरी जिल्ला अदालतले पर्ुपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतको आदेशपछि चौधरीलाई पुर्पक्षको लागि जिल्ला प्रहरी कार्यालयले ०६३ मंसिर २९ गतेदेखि थुनामा राखेको छ ।
जिल्ला न्यायाधीश बालेन्द्र रुपाखेतीको मंसिर २९ गतेको इजलासले २२ वर्षीय आरोपी चौधरीको थुनछेकको सुनुवाईको सन्दर्भमा सो आदेश दिएको हो ।
सप्तरी जिल्ला सीतापुर गाविस-९ घर भई छिन्नमस्ता सशस्त्र प्रहरी गण माईस्थान अन्तर्गत सुरक्षा बेसक्याम्प गौशालामा कार्यरत चौधरीलाई गत मंसिर २ गते राति ती बालिकालाई बलात्कार गरेको अभियोग छ ।
इश्वरी काफ्ले
No comments:
Post a Comment