नेपालको सम

Sunday, December 31, 2006

>>कोइराला राजतन्त्र टिकाउने पक्षमा ः आचार्य

स्वससेमकवानपुर, पुस १५/नेपाली काङ्ग्रेसका प्रभावशाली नेता नरहरि आचार्यले नेपालमा राजतन्त्र टिकाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै लागि पर्नुभएको आरोप लगाउनुभएको छ ।
शनिबार हेटौंडामा लोकतान्त्रिक समाज मकवानपुरले आयोजना गरेको 'नयाँ नेपाल निर्माणका लागि संविधानसभा र लोकतान्त्रिक गणतन्त्र' विषयक विचार गोष्ठीमा बोल्दै नेता आचार्यले काङ्ग्रेसमा युवाहरू राजतन्त्रको समूल अन्त्य गर्ने पक्षमा रहे पनि गिरिजाबाबु राजतन्त्र टिकाउन लागि पर्नुभएको बताउनुभयो ।
आचार्यले आलङ्कारिक राजा पार्टर्ीीभापति तथा प्रधानमन्त्री कोइरालाको निजी विचार भएको बताउँदै काङ्ग्रेसको बहुमत पक्ष नेपालमा राजतन्त्रको समूल अन्त्य गर्ने पक्षमा रहेको बताउनुभयो ।

No comments: