नेपालको सम

Friday, December 29, 2006

>>अब ३० लाख नेपालीलाई नागरिकता वितरण गरिने

काठमाडौ १४ पुस २०६३ । सरकारले देशभरिका झन्डै ३० लाख नागरिकताविहीन नेपाली जनतालाई नागरिकता प्रमाण-पत्र वितरण गर्ने भएको छ ।
यसका लागि सरकारले ५ सय २० वटा विशेष टोली स्थलगत रुपमा खटाइ स्थानीय तहमानै जनतालाई नागरिकता दिने तयारी गरेको छ । आगामी २ देखि साढे २ महिनाभित्र सरकारले यो कार्य सम्पन्न गरिसक्ने बताइएको छ । प्रत्येक टोलीमा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा ७ जना सदस्य रहने छन् ।
टोलीले जन्म, वंशज र स्थायी बसोबास तीन वटा आधारमा नागरिकता वितरण गर्नेछ । संसदबाट अनुमोदित नागरिकता ऐन २०६३ बमोजिम आमाको नामबाट समेत टोलीले नागरिकता प्रमाण-पत्र वितरण गर्नेछ । टोलीले नागरिकता वितरण गर्न राखेको यो लक्ष्य सरकारले ७५ जिल्ला प्रशासन कार्यालयलाई आँकलन गर्न लगाएको तथ्यांकको आधारमा तयार पारिएको गृह मन्त्रालयले जनाएको छ । यी सबै प्रक्रियाका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयको नाममा ६ करोड रुपैंया बजेट समेत विनियोजन गरिसकेको छ ।
यसैबीच प्रतिनिधिसभाको हिजोको बैठकले बहुमतद्वारा पारित गरेको मतदाता नामावली सम्बन्धि विधेयक २०६३ लाई सभामुख सुवास चन्द्र नेम्वाङले प्रमाणिकरण गर्नुभएको छ । यसपछि यो विधेयक ऐनमा परिणत भएको छ । ऐनमा परिणत भएपछि यसले निर्वाचन आयोगलाई आफ्नो कार्य थालनी गर्न मार्ग प्रसस्त गरेको छ ।

No comments: