नेपालको सम

Friday, December 29, 2006

>>विराटनगर उपमहानगरपालिकामा माओवादी तालाबन्दी

काठमाडौ १४ पुस २०६३ । माओवादीले आफू सरकारमा सहभागी नभएसम्म कुनै पनि काम नगर्न चेतावनी दिदै विराटनगर उपमहानगरपालिकाको कार्यालयमा ताला लगाएका छन् ।
उपमहानगरपालिकाले आज अस्थायी कर्मचारीलाई आन्तरिक रुपमा स्थायी गर्न परीक्षा लिने तयारी गरिरहेको समयमा त्यसको विरोध गर्दै माओवादीले बिहान ताला लगाएका हुन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदर्शन ढकालका अनुसार २०५९ सालमा अस्थायी नियुक्त भएकामध्ये १ सय ८२ जना कर्मचारीलाई आन्तरिक रुपमा स्थायी गर्न आज परीक्षा लिने तयारी गरेपछि सबैलाई स्थायी गरिनुपर्ने माग राख्दै माओवादीले परीक्षा अवरुद्ध गरेका छन् । कार्यालयको मुल गेटमा नै ताला लगाएकाले कुनै पनि कर्मचारी कार्यालय प्रवेश गर्न पाएनन् ।

No comments: