नेपालको सम

Friday, December 29, 2006

>>कर्फ्यु हटाइएपछि जनजीवन समान्य, संयुक्त अपील जारी

बाँके । पुस १४ गते
नेपालगञ्ज नगरक्षेत्रमा ०६३ पुस ११ गतेदेखि भएको तोडफोड र आगजनीलाई रोक्न स्थानीय प्रशासनले पुस ११ गतेदेखि नेपालगञ्ज नगरक्षेत्रमा लगाएको कर्फ्यु ०६३ पुस १३ गते बिहान ११.३० बजे देखि हटाइएको छ ।
कर्फ्युका कारण तोडफोड र आगजनी जस्ता कार्य विस्तारै नियन्त्रणमा आएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । कर्फ्यु हटाएपछि नेपालगञ्ज नगरक्षेत्रमा सर्वसधारणको चहलपहल हिजो भन्दा आज तुलनात्मक रुपमा बढेको छ । पसल, कार्यालय, संस्थाहरू खुले पनि अधिकांश विद्यालयहरू भने बन्द नै रहेका छन् । ०६३ पुस १२ गते ६०/६५ जनाको एक समूहले कोहलपुर शिक्षण अस्पतालमा तोडफेड गरेपछि अस्पतालमा कार्यरत कर्मचारीहरूले ०६३ पुस १३ गते दिउँसो क्षतिपूर्ति र दोषीमाथि कारवाही नभएसम्म शिक्षण अस्पताल बन्द रहने भनी जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका थिए ।
यसैबीच, स्थानीय प्रशासनले नेपालगञ्ज नगरक्षेत्रमा कर्फ्यु लगाउँदा लगाउँदै पनि कर्फ्युको समयमा प्रशासनकै अगाडि लुटपाट तथा आगजनी हुनुले स्थानीय प्रशासन शान्ति सुव्यवस्था, अमनचयन कायम राख्न असक्षम देखिएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषी पत्ता लगाइ कडा कानुनी करवाही गरी तत्काल पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै ०६३ पुस १३ गते नेपालगञ्जस्थित ३१ वटा संस्थाले संयुक्त रुपमा अपिल जारी गरेका छन् । अपिलमा इन्सेक, एड्भोकसी फोरम, पुनरावेदन बार एसोसिएसन, नेपाल उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, बौद्यालम्बी, मधेसी, मुश्लीम सामुदायका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा हिजो बसेको बैठकपछि सो अपील जारी भएको हो ।

No comments: