बेलबारी हत्याकाण्डका क्याप्टेनलाई कारर्वाहीको सिफारिस
मोरङ । पुस ५ गते
बेलबारी गाविस-३ स्थित सुरक्षाफौजका तत्कालीन क्याप्टेन प्रह्लाद थापामगरलाई बेलबारी हत्याकाण्डको दोषी भएको ठहर गर्दै नेपाली सेनाको अदालतले कारबाहीको आदेश दिएको ०६३ पुस ४ गते र्सार्वजनिक गरिएको छ ।
क्याप्टेन थापामगरलाई एक साताअघि दोषी ठहर गरी सैनिक ऐनअन्तर्गत कारवाही गर्ने सो अदालतले फैसला गरेको सुनसरी जिल्ला, इटहरी नगरपालिकास्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयले जनाएको हो । तर उनलाई के कारवाही गरिएको भन्ने खुलाइएको छैन ।
हत्याकाण्डमा संलग्न १२ जना सैनिक जवानलाई भने सफाइ दिएको मुख्यालय स्रोतले बताएको छ । सफाइ पाएका ती १२ जना सैनिक जवान काममा फर्किसकेको स्रोतको दाबी रहेको छ । घटनामा संलग्न भएको आरोपमा क्याप्टेनसहित ती सबै निलम्वनमा परेका थिए ।
सो हत्याकाण्ड ०६३ वैशाख १२ र १३ गते सुरक्षफौजको आधार शिविर सामुन्ने भएको थियो । घटनामा एक महिलासहित सात जनाको ज्यान गएको थियो ।
No comments:
Post a Comment