नेपालको सम

Thursday, December 21, 2006

सेनाका सुविदारले विद्यालय भित्रै शिक्षकमाथी कुटपिट

उदयपुर । पुस ५ गते
नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्के उदयपुरमा कार्यरत सुविदार टिकाराम थापाले०६३ पुस ५ गते विद्यालय सञ्चालन भइरहेको बेलामा विद्यालयमा प्रवेस गरी २१ वर्षीय प्रशिक्षार्थी शिक्षक सुदिप हमाललाई कुटपिट गरेका छन् । हमाललाई पुस ४ गते आफ्नी तीन कक्षामा पढ्ने छोरीलाई पिटेको आरोपमा सुवेदार थापाले कुटपिट गरेको बताइएको छ ।
सेनाको बाहिनीसँग जोडिएको त्रियुगा नगरपालिका-७ भुल्के स्थित सत्यदेवी प्राविमा बिहान विद्यालय खुल्नासाथ विद्यालय पुगेका थापाले आक्रोसमा आई प्रशासनिक कक्षमा प्रवेश गरी हमाललाई कुटपिट गरेको प्रधानअध्यापक तिलक कटुवालले बताए । कुटपिटबाट हमालको गर्धनमा निल डाम बाधिएको छ ।
घटनापछि त्यहाँ पुगेका सेनाको सोही बाहिनीका कर्र्णोलले गल्ती भएको स्वीकार गर्दै सुविदारलाई विभागिय कारवाही गर्ने बचन दिएपछि सडक सुचारु भएको थियो ।
सोही घटनालाई लिएर मध्याह्नपछि त्रियुगा जनता बहुमुखि क्याम्पसका विद्यार्थीले भने मोतिगडा सडक खण्डमा टाएर बालेर साँझसम्म सडक अबरुद्व बनाए । उनिहरूले दोषीलाई तत्काल करवाहीको माग समेत गरेका थिए ।
कुसलबाबु बस्नेत

No comments: