>>बस दुर्घटनामा दुई दर्जन बढी घाइते
काठमाडौ १४ पुस २०६३ । काठमाडौबाट पुर्व तर्फ गइरहेको२ वटा यात्रुबस आज विहान महेन्द्र राजमार्गस्थित सप्तरीको भारदह-१ मा दुर्घटना हुँदा २ दर्जन बढी यात्रु घाइते भएका छन् ।
बाक्लो हुस्सुले बाटो स्पष्ट नदेखिएका कारण दुबै बस सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौबाट धरान जाँदै गरेको ना ३ ख ८०११ नम्बरको बस र विराटनगर जाँदै गरेको ना ३ ख ९०१ नम्बरको बस आज विहान ५ बजे सडकबाट १० फिट तल खसेको थियो । दुर्घटनामा घाइते ३० यात्रु उपचारपछि घर फर्किएका छन् ।
No comments:
Post a Comment