>> सुरक्षाको प्रत्याभूति माग गर्दै राजधानीका सरकारी अस्पताल बन्द
काठमाडौ ११ पुस २०६३ । केही समययता पटक-पटक चिकित्सकहरुमाथि सांघातिक हमला भएको विरोधमा राजधानीमा सरकारी अस्पतालहरुले आज बहिरङ्ग सेवा ठप्प पारेका छन् ।
काठमाडौका प्रमुख सरकारी अस्पतालहरु वीर, प्रसुती, शिक्षण र कान्ति बालका बरिरङ्ग सेवा बन्द भएको छ । चिकित्सकको लापरबाहीले किरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले सोमबार कान्तिबाल अस्पतालका चिकित्सकमाथि हातपात गरेपछि सुरक्षाको प्रत्याभुति हुनुपर्ने मागसहित चिकित्सकहरु विरोधमा उत्रिएका हुन् । भक्तपुर चुडालदेवी निवासी गणेश दुलालका ९ महिने छोरा निश्चलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । सोमबार दिनभर कालोपट्टी बाँधेर काम गरेका चिकित्सकहरुले समस्या समाधानमा सम्बन्धित निकायले कुनै पहल नगरे आकस्मिक सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन् ।
यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरी चिकित्साकर्मी र अस्पताल सुरक्षाको माग गरेको छ । संघकी अध्यक्ष सुधा शर्माले आफूहरुलाई यसअघि पनि चिकित्सिाकर्मीलाई सुरक्षाको प्रत्याभुति दिन र आवश्यक कानुन निर्माण गर्न पटक-पटक सरकारको ध्यानाकर्षण गराएको तर सुनुवाई भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र नै प्रभावित गर्ने गरी आन्दोलन गर्ने आफूहरुको रहर नभई बाध्यता भएको बताउनुभयो ।
यसैबीच चिकित्सक संघले आज बैठक गरी भावी आन्दोलनको स्वरुप र कार्यक्रम सार्वजनिक गर्ने महासचिव किरण श्रेष्ठले जानकारी दिनुभयो
No comments:
Post a Comment