>> तराई बन्दमा तोडफोड भएपछि चालकद्वारा महेन्द्र राजमार्ग बन्द
काठमाडौ ११ पुस २०६३ । सोमबार तराई बन्दका क्रममा नेपाल सद्भावना पार्टी आनन्दीदेवीका कार्यकर्ताहरुले २५ वटा सवारी साधन तोडफोड गरेपछि आक्रोशित सवारी चालकहरुले आज बिहानैबाट महेन्द्र राजमार्ग बन्द गराएका छन् ।
चालकहरुले सोमबार साँझदेखि नै महेन्द्र राजमार्गमा पर्ने बर्दघाट-बुटवल सडक खण्डमा बस र ट्रक तेर्साएर सडक अवरुद्ध पारेका थिए । सवारी चालकहरुले तोडफोड भएका सबै सवारी साधन र सो क्रममा घाइते भएका १० जना यात्रुलाई क्षतिपुर्ति नदिएसम्म सडक अवरोध जारी रहने जनाएका छन् । राजमार्ग अवरुद्ध भएपछि अलपत्र परेका तीन सय बढी यात्रुहरुलाई स्थानीय क्लवहरुले खाने र बस्ने व्यवस्था गरेका थिए ।
यता सद्भावना पार्टीले सोमबारको बन्दको कार्यक्रम फिर्ता लिइसकेपछि गाडीमाथि तोडफोड भएकाले त्यसको जिम्मा आफ्ना कार्यकर्ताले नलिने उल्लेख गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले दुवै पक्षसँगको छलफल प्रयास गरिरहेको बताइएको छ।
No comments:
Post a Comment