>>ट्रक व्यवसायीहरुसँगको विवाद साम्य भएपछि यातायात सुचारु
काठमाण्डौ डिसेम्बर, २७
बारा जिल्लाको पथलैयामा ट्रक व्यवसायीहरुले लागू गरेको सेन्डिकेड प्रणालीको ट्रकपार्क सार्ने विषयमा विवाद भएपछि स्थानीय बासिन्दाले मंगलबारदेखि अवरुद्ध पारेको त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग बुधबार साँझबाट सुचारु भएको छ ।
बजार व्यवस्थापन नारायणी यातायात व्यवसायी समिति र बारा ट्रक व्यवसायी संघबीच बुधबार सहमति भएपछि राजमार्ग सुचारु भएको हो । सिमरा र पथलैया दुबै ठाउँमा पार्क बनाउने विषयमा त्रिपक्षीय सहमति भएपछि अबरुद्ध राजमार्ग खुलेको हो ।
माओवादीले पथलैया चोकमा रहेको बसपार्कलाई ३ किलोमिटर दक्षिणमा सार्ने प्रयास गरेपछि त्यसको विरोधमा स्थानीय बासिन्दाले मंगलबार दिउँसो १ बजेदेखि त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग अवरुद्ध पारेका थिए ।
No comments:
Post a Comment