>> शिक्षण अस्पतालमा तोडफोड
बाँके । पुस १२ गते
कोहलपुरस्थित कोहलपुर शिक्षण अस्पतालमा ५०/६० जनाको एक समूहले आक्रमण गरी ०६३ पुस १२ गते बिहान ११.०० बजे अस्पतालको मुख्य कक्षलगायत विद्यार्थीको होस्टल, कर्मचारी होस्टल, हेण्डिक्याप इन्टरनेशनलको कार्यालय कक्ष तोडफोड गरेको छ । तोडफोडको क्रममा डा. राजेश आचार्य र डा. सञ्जय गुप्ताको निजी सवारी साधनमा पनि क्षति पुगेको छ । यसैगरी, अस्पतालको एउटा गाडी पनि क्षतिग्रस्त भएको बताइएको छ । उक्त घटनामा प्रहरीले स्थिति नियन्त्रण लिने क्रममा दुईजना प्रहरी पनि घाइते भएको जानकारी प्राप्त भएको छ ।
यसैबीच, कोहलपुरस्थित चौराहाचोकबाट अपराह्न ३.०० बजे शान्ति र्याली सुरु भएको बताइएको छ । हिंसा बन्द गरौं, शान्ति सद्भाव कायम गरौं भन्ने नाराका साथ सुरु भएको शान्ति र्याली कोहलपुर शिक्षण अस्पतालतर्फबढेको बताइएको छ ।
यसैबीच, नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र केही व्यक्तिहरु प्रवेश गरी होस्टलमा तोडफोडको प्रयास गर्नुका साथै तीनओटा साइकल लुटेर लगेका छन् । हाल नेपालगञ्ज क्षेत्रमा कफर्र्यू जारी रहेपनि केही क्षेत्रमा बस्तीभित्रैबाट ढुङ्गामुढा तथा तोडफोडको प्रयास गरिरहेको बताइएको छ ।
शिप्रा श्रेष्ठ
No comments:
Post a Comment