नेपालको सम

Wednesday, December 27, 2006

>> बालिका बलात्कार गर्ने माओवादी कार्यकर्ता पक्राउ

रौतहट । पुस १२ गते

चौध वर्षीय एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा स्थानियबासीले दुई जना माओवादी कार्यकर्तालाई पक्रेर ०६३ पुस ११ गते प्रहरीलाई बुझाएका छन् । घटनामा संलग्न अन्य दुईजना भने फरार छन् । कर्कच कर्मैया गाविस-३ का प्रमोद बैठा र दिपही गाविस घर भएका डोमीराय यादवलाई स्थानीयवासीले पक्रेर प्रहरीलाई बुझाएका हुन् । फरार हुनेमा करुनिया गाविसका यादव पासवान र हथियाहिका रामनाथ साह रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चारै जना माओवादी कार्यकर्ता भएको प्रहरीले जनाएको छ । जिल्लाको प्रेमपुर गोनाहि गाविसमा ०६३ पुस ७ गते लागेको स्थानीय मेला हेरी घर फर्कन लागेकी एक चौध वर्षीया खातुन थर भएकी टुहुरी बालिकालाई मोटरसाईकलमा आएका चार जना माओवादी कार्यकर्ताले अपहरण गरी नजिकको उखुबारीमा लगी सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । पोठियाहि घर भएकी ती बालिकाका बुबा गफार मोहम्मदको सानो छँदा मृत्यु भएको र आमाले पुनः विवाह गरेपछि प्रेमपुर गोनाहिस्थित मामाघरमा बस्दै आएकी थिइन् ।
प्रहरी निरीक्षक नरेश सुवेदीले पक्राउ परेका दुई जनाले आफूहरू माओवादी कार्यकर्ता भएको स्वीकार गरेको बताएका छन् । फरार दुई जना पनि माओवादी भएको प्रहरीले जनाएको छ ।
बालिकालाई समातेर मोटरसाईकलमा राख्दा केही बेर कराउन खोजेको र आफूहरू माओवादी भएको, बोले गोली हानिदिने भनेर धम्की दिएर जबर्जस्ती गरेको पीडित बालिकाले प्रहरीसमक्ष बयान दिएकी छिन् । सानो छँदा बुबा गुमाएकी ती बालिकालाई उनका मामाले जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरीका लागी पुस ११ गते ल्याएका थिए । प्रहरी निरीक्षक सुबेदीले पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको बताए । प्रहरीले फरार रहेकाहरूको खोजी जारी रहेको र पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
विपिन गौतम

No comments: