नेपालको सम

Wednesday, December 27, 2006

>>प्राध्यापकको कलम बन्दका कारण राजधानीका क्याम्पसको पठनपाठन ठप्प

काठमाडौ १२ पुस २०६३
प्राध्यापकहरुको हड्तालका कारण उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको पठनपाठन आज ठप्प भएको छ ।
विश्वविद्यालयमा रिक्त पदाधिकारी तत्काल नियुक्त गर्न माग गर्दै त्रिवि प्राध्यापक संघले गरेको कलम बन्दका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन बन्द भएको हो ।
कलम बन्द कार्यक्रम पर्सी शुक्रबारसम्म जारी रहने संघले जनाएको छ । शुक्रबारसम्म पदाधिकारी नियुक्त नगरेमा संघर्षका थप कार्यक्रम ल्याउने संघका अध्यक्ष शिवप्रसाद मुनाकर्मीले बताउनुभयो ।
यसैबीच पदाधिकारी नियुक्तिकै मागसहित संघर्षमा उत्रिएको एमाले निकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा आजबाट अनिश्चितकालका लागि तालाबन्दी गर्ने भएको छ ।

No comments: