>>सैनिकद्वारा बलात्कृत महिलाद्वारा मुद्दा दर्ता
काभ्रे । पुस १२ गते
काभ्रे गाविस- ९घर भएकी एक ४० वर्षीय दलित महिलाले ०६३ पुस १२ गते सैनिकद्वारा बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा २५ नम्बरमा अभिलेख हुने गरी मुद्दा दर्ता गराएकी छन् । पीडितले दर्ता गराएको मुद्दामा आफू गैरसैनिक सामान्य नागरिक भएकाले सैनिक ऐन, २०६३ को दफा ६६ को उपदफा १ ले सैनिक ऐन लागु हुने कुनै व्यक्तिले सैनिक ऐन लागु नहुने कुनै ब्यक्तिलाई जबर्जस्ती करणि गरेमा सैनिक ऐन अर्न्तर्गतको कसुर गरेको नमानिने र यस्तो मुद्दा सैनिक अदालतबाट नहेरिने स्पष्ट कानूनी व्यवस्था रहेकोले मुलुकी ऐन जबर्जस्ती करणिको महलको १ नं अनुसार अपराधि र अपराधलाई प्रोत्साहन र मद्दत गर्नेसमेतलाई पक्राउ गरी हदैसम्मको कारवाही र सजायको माग गरिएको छ ।
पीडित महिललाई ०६३ पुस ८ गते दिउँसो घरमा कोही नभएको अवस्थामा धुलीखेलस्थित देवीस्थान टावरमा सुरक्षार्थ खटिएका नेपाली सेनाका रुद्धध्वज गणमा कार्यरत दैलेख घरभएका अन्दाजी २५ वर्षीय भक्तबहादुर शाहीले बलात्कार गरेका थिए ।
सुस्तमनस्थिति भएकी पीडित महिलालाई सादा पोसाकमा आएका सेनाले पानी खान मागेको र घरमा भाइ पनि भएकाले भाइसँगै काठमाडौं जाने भनी गएको एक घन्टापछि फर्किएर नजिकैको च्यान डाँडामा घिच्याएर लगि बलात्कार गरेका थिए । बलात्कार गर्दा बेहोस भएकी ति महिला होसमा आएपछि उठेर गाह्रो गरी बिस्तारै घरमा गएकी थिइन् ।
बलात्कारको घटना ढाकछोप गर्न सेनाले घरमा पटकपटक गएर पैसाको लोभ देखाएको पीडितको भनाई छ । पीडित महिलाको परिवारले प्रारम्भिक स्वास्थ्य जाँच गराइसकेको छ । धुलिखेलस्थित रुद्धध्वज गणले ति सेनालाई प्रक्राउ गरी नजरबन्दमा लिएको जानकारी दिएको छ ।
भोजराज तिमल्सिना
No comments:
Post a Comment